बिम्स्टेकका लागि सुरक्षाको पूर्ण तयारी : गृह मन्त्रालय

रिपोर्ट नेपाल | 2018 Aug 27 | 06:43 pm 2246

काठमाडौँ, भदौ ११ :  आउँदो भदौ १४ र १५ गते नेपालमा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० को चौथो शिखर सम्मेलनमा आउने पाहुनाको सुरक्षालाई ध्यानमा राखेर गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले ‘अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि–२०७०’ अनुसार सुरक्षा योजना तयार पारी लागू गरिएको जानकारी दिनुभयो । विमानस्थलदेखि, निवास र भ्रमण गर्ने स्थलको सुरक्षा व्यवस्था गरिएको छ ।

सम्मेलनमा आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवासस्थल पुर्‍याउन आजै पूर्वअभ्यास समेत गरियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा पूर्वअभ्यास गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले सरकारले निर्धारण गरेअनुसार विशिष्ट र अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.