बर्दिया, फागुन १ः बिमा दाबी गर्ने मनासयले आफै गाडीमा आगजनी गर्ने चालकलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया मधुबन नगरपालिका-०२ गंगापटुवा बस्ने रामु चौधरी रहेका छन् ।
साेमबार बर्दिया मधुबन नगरपालिका-०४ बसन्ता स्थित माचड चोक देखि भुरिगाउँ जोड्ने पक्की सडक खण्डमा तत्काल एकिन नम्बर खुल्न नआएको पछी खुल्न आएको लु २ ख २०८४ नम्बरको सेतो रंगको फोर्स गाडी आगलागी भएको अवस्थामा रहेको भन्ने जानकारी यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियामा प्राप्त भएकाे थियाे ।
तत्काल प्रहरी टोली खटिई घटनास्थलमा पुग्दा गाडीको पुरै भाग आगलागी भई पूर्ण रुपमा जली नस्ट भएको अवस्थामा रहेको र घटनास्थलमा कुनै पनि ब्यक्ति नरहेको उक्त घटनाको अनुसन्धान गर्ने क्रममा चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निम्नानुसारको विवरण प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बताइएकाे छ ।
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको विवरण:-
मिति २०७९/१०/२० गते उल्लेखित फोर्स गाडी बिग्रिएकोले मर्मतको लागी ग्यारेजमा लिएकोमा मर्मत गर्न बढी रकम लाग्ने हुँदा निज चालकले गाडीमा आगो लगाई बिमा दाबी गर्ने मनसायले मिति २०७९/१०/२९ गते राती अन्दाजी २०:०० बजेको समयमा छुट्टै जिप द्वारा टोचन लगाई जिल्ला बर्दिया मधुबन नगरपालिका -०४ बसन्ता स्थित एकान्त जँगल एरियाको माचड भुरिगाउँ जोड्ने पक्की सड्कको पश्चिम किनारामा ल्याई मिति २०७९/११/०१ गते बिहान अन्दाजी ०२:०० बजेको समयमा चालक रामु चौधरीले डिजल छर्की आगो लगाई आफ्नो घरतर्फ गएको भन्ने निज चालकबाट बुझिन आएकोले थप अनुसन्धान भईरहेको ।