बिमस्टेकको चौथो शिखर सम्मेलन भदौमा गर्ने प्रस्ताव

| 2018 Jun 03 | 04:50 pm 3418

काठमाडौं, २० जेठ : सरकारले बिमस्टेकको चौथो शिखर सम्मेलन भदौमा गर्ने प्रस्ताव गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले भदौ १४ र १५ वा २१ र २२ गते बिमस्टेकको सम्मेलन गर्न सदस्य राष्ट्रलाई प्रस्ताव गर्ने र सम्मेलन आयोजनाका लागि आवश्यक उपसमिति बनाइने निर्णय गरेको हो ।

यस्तै, सरकारले बैशाखमा सुरु गरिएको विद्यार्थी भर्ना अभियानबाट समेत विद्यालयको पहुँचमा ल्याउन नसकिएका बालबालिकालाई लक्षित गरी दोस्रो चरणको भर्ना अभियान चलाउने निर्णय गरेको छ ।

काठमाडौं–तराई द्रुतमार्ग सञ्चालन कार्यविधि २०७५ स्वीकृत गरेको मन्त्रिपरिषद्ले कृषि, जैविक विविधता संरक्षण तथा सदुपयोग सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक अनुमति र प्रशासकीय अदालत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला प्रशासन, इलाका प्रशासन, सीमा प्रशासन, अध्यागमन र कारागार कार्यालयका संगठन संरचना र दरबन्दी पनि स्वीकृत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.