बिमस्टेकका पाहुनालाई शीतल निवासमा दिवाभोज, रात्री भोज ह्यातमा होटलमा

| 2018 Aug 30 | 02:54 pm 2379

काठमाडौं, भदौ १४: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका सरकार तथा राष्ट्रप्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ता गरेका छन् ।

भेटवार्तासँगै ६ वटै मुलुकका कार्यकारी प्रमुखहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट पाहुनाहरूलाई दिवाभोज दिएकी छन्। दिवाभोजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागिता थियाे।

पूर्व निर्धारित कार्यक्रम अनुसार साढे १२ बजेटबाट भेट सुरु भएको थियो। उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका सरकार तथा राष्ट्रप्रमुख शितल निवास गएका हुन् ।

तीन बजे सबै राष्ट्रका कार्यकारी प्रमुखले सम्बोधन गर्नेछन्। साँझ साढे ६ बजेदेखि साढे ९ सम्म उनीहरुको सम्मानमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हयात होटलमा रात्री भोजको आयोजना गरेका छन्। भोजमा नेपालस्थीत कुटनितिक नियोगका उच्च अधिकारीहरु, केहि परराष्ट्रविद तथा सरोकारवाला अधिकारीहरु समेत सहभागी हुने कार्यक्रम रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.