बिभिन्न मुद्धाका ७ फरार प्रतिबादी पक्राउ तथा गाँजा फडानी

| 2021 Aug 01 | 08:17 pm 1961

तनहुँ, साउन १७ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा सार्जनिक मुद्दामा फरार रहेका १ जना, जबरजस्ती करणी मुद्धामा साक्षी बसेका १ जना, दुनियाबादी फौजदारी अपराधमा फरार रहेका २ जना, गाली व्यईज्यती मुद्धामा फरार रहेका २ जना, जुवा मुद्दामा फरार रहेका १ जना गरी जम्मा
७ जना व्यक्तिहरुलाई मिति २०७८।०४।१० गतेदेखि मिति २०७८।०४।१४ गतेसम्ममा पक्राउ गरी तोकिएको जम्मा १६ हजार ६ सय ३४ जरिवाना भुक्तानको लागि सम्मानित तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको छ ।

८ रोपनी जग्गामा उम्रिएको प्राकृतिक गाँजा फडानी 
मिति २०७८।०४।१६ गते जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ९ घरी स्थितमा करिव ८ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका ५०० लागूऔषध गाँजाका बोटहरु उपस्थित जनप्रतिनिधी तथा स्थानीय व्यक्तिहरु समेतको सहयोगमा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरी टोलीले उक्त गाँजाका बोटहरु फडानी गरी आगो लगाई नष्ट गरिएको छ।

त्यसैगरी तनहुँ ब्यास नगरपालिका वडा नं.६ स्थित मुसेथुम्का र स्याउली बजार स्थितका बिभिन्न स्थानहरुमा गरी करिब ४/५ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका १५० बोटहरु जनप्रतिनिधी तथा स्थानीय व्यक्तिहरु समेतको सहयोगमा प्रहरी चौकी सिसाघाँट तनहुँबाट खटिएको प्रहरी टोलीले उक्त गाँजाका बोटहरु फडानी गरी आगो लगाई नष्ट गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.