तनहुँ, भदौ २८ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।
बिभिन्न मुद्दाहरु ठगी, बहु बिवाह, नागरिकता किर्ते, बन, सार्वजनिक अपराध तथा देवानी मुद्दाहरुमा समेत सम्मानित अदालतहरुबाट फैसला भई २ देखि २ लाखसम्म जरिवाना हुने गरी सजाय तोकिएको थियो ।
उक्त तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको तनहुँ स्थायी ठेगाना भएका ३५ जना व्यक्तिहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जरिवाना ४ लाख १६ हजार ३ सय २५.८९ रुपैया भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको बताइएको छ ।
त्यसैगरी बहु बिवाह मुद्दामा फरार व्यक्ति ४ बर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा तनहुँ रुपाकोट गाविस ७ हाल भानु नगरपालिका वडा नं. ११ बस्ने २८ वर्षीय बाबुराम आले रहेका छन् ।
उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०७३ मंसिर १५ गतेको फैसलाले १ बर्ष ३ महिना कैद तथा ५ हजार जरिवाना हुने गरी सजाय सुनाएको थियो ।
तोकिएको कैद तथा जरिवाना मध्ये १ बर्ष २ महिना ३ दिन कैद र ५ हजार जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका उनको खोजतालस गर्ने क्रममा मिति २०७७ भदौ २८ गते घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँमा पठाएको प्रहरीले जनाएको छ।