बिभिन्न मुद्दामा फरार २४ अभियुक्त एकै दिनमा पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 04 | 09:31 pm 1650

तनहुँ, असोज १८ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्यलाई तिब्रता दिदै आएकोमा विभिन्न मुद्दाका २४ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सबैलाई बाँकी रहेको कैद तथा जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको तनहुँ प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.