बिभिन्न मुद्दामा फरार ११ व्यक्ती एकै दिनमा पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 01 | 07:28 pm 1843

तनहुँ, असोज १५ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।

त्यसै क्रममा बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ माघ १७ गतेको फैसलाले २ लाख जरिवाना हुने गरी सजाय सुनाएकोमा तोकिएको जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका जिल्ला तनहुँ म्याग्दे गाउँपालिका १ का चाम बहादुर थापालाई पक्राउ गरेको छ ।

उनालाई सवारी ज्यान मुद्दामा भएको फैसला मध्ये ८ दिन कैद तथा २ हजार जरिवाना तिर्न बाकी रहेका थिए ।

त्यसैगरी बिच्छेद मुद्दामा फरार ७ जना, जारी मुद्दाका १ जना र नाता कायम मुद्दाका १ जना गरी जम्मा ११ जना व्यक्तिहरुलाई बिहीबार तनहुँ जिल्ला प्रहरी कार्यालयबाट पक्राउ गरी तोकिएको कैद ८ दिन तथा जरिवाना जम्मा २ लाख २ हजार १ सय २० रुपौयां जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै हराएका तथा चोरी भएका ५ मोबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

बिभिन्न मितिमा बिभिन्न स्थानबाट हराएका तथा चोरी भएको उक्त मोबाइलहरु खोजी गरी पाउँ भनी प्रहरी कार्यालयमा पर्न आएका निवेदनहरु उपर अनुसन्धानको क्रममा फेला पारेको हो ।

उक्त हराएका तथा चोरी भएका भनिएका मोबाइलहरु मध्ये हराएको २ महिनापछी विभिन्न कम्पनीका  Oppo, Samsung, Moto मोबाइलहरु फेला पारी सम्बन्धित मोबाइल धनीलाई तनहुँ प्रहरी कार्यालयमा बोलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.