बिभिन्न मुद्दामा फरार रहेका ३० अभियुक्त पक्राउ

| 2020 Nov 09 | 08:41 pm 1913

तनहुँ, कात्तिक २४ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा विभिन्न किसिमका मुद्दाका ३० जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसै क्रममा बैकिङ कसुर मुद्दामा फरार रहेका तनहुँ म्याग्दे गाउँपालिका ४ का ३० वर्षीय अनुपमणि अधिकारी उपर उच्च अदालत पाटनको मिति २०७६ फागुन १९ गते को फैसलाले ३ दिन कैद र २ लाख ५० हजार जरिवाना हुने गरी फैसला भएकोमा तोकिएकोमा कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई हिजो आइतबार पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा मिति २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका ७ जना, नकवजनी चोरीमा मिति २०५४ साउन १६ गतेको फैसलामा फरार रहेका २ जना, चोरी मुद्दाका १ जना त्यसै गरी सम्बन्ध बिच्छेद मुद्दाका ६ जना, कुटपिट मुद्दाका ६ जना, लुटपिट मुद्दामा १ जना, जालसाजी मुद्दामा १ जना, घरेलु हिंसा मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका १ जना, केही सार्वजनिक अपराध मुद्दाका १, गाली वेईज्जती मुद्दाका २ जना गरी जम्मा ३० जनाबाट हुन आउने कैद १ महिना १८ दिन र जरिवाना ३ लाख ३७ हजार ९ सय ५० रुपैयाँ जरिवाना असुल र कैद भुक्तानको लागि सम्मानित तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेश गरिएको तनहुँ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.