बिभिन्न किसिमका अबैध सामान सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

रिपोर्ट नेपाल | 2023 Apr 29 | 10:57 am 1341

सुनसरी, बैशाख १६ः जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका ८ स्थित सीमा ईलाकाबाट
सशस्त्र प्रहरीले करीव ३ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको  छ । भारतबाट अबैध रुपले नेपालतर्फ साईकलमा राखी ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा बिओपी उल्टीले बरामद गरेको हो । सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सामान छाडी साईकल लिई ब्यक्ति  फरार भएका थिए ।

यसैगरी सुनसरी जिल्लाको देवानगंज गाँउपालिका ६ स्थित राजगंज सिनवारीबाट सशस्त्र प्रहरीले करीव १ लाख १६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज (बिओपी कप्तानगंज)ले बरामद गरेको हो । मोटरसाईकल चालक भने सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा सामान छाडी फरार भएका थिए ।

त्यसैगरी सोही जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीव २ लाख ३ हजार रुपैयाँ बराबरको लत्ताकपडा  बरामद गरेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यात्रुबाहक बसमा राखी ल्याउँदै गरेको सो सामानको बिलविजक फेला नपरेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर)ले बरामद गरेको हो । बरामद गरिएको सामान भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.