बिबसता

| 2023 Feb 26 | 09:49 am 5605

–गंगा रावत (सागर)

 

 

 

बिभेदी राज्य
बिचारा त, जनता ।
अन्याय तर सत्य
मात्र यति बुझ अनि भोग
असमान बितरणको
असमान उपभोगको
वर्ग, वर्ण, जात र छालाको ।
भोगाइ तीतो नै किन नहोस्, असमान किन नहोस्
चरक–चरक बज्ने छाती थापेर भोग ।
आफ्नै राज्य मालिक बन्दाको दासत्व
हाँस्दै हाँस्दै, उपहार सम्झी भोग ।
नभत्कदा सम्म दायित्व सम्झी भोग ।।

(लेखक माओवादी निकट वाइसिएल नेपालका केन्द्रीय सदस्य हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.