- महेश सिंह
सिरहा, माघ २८ः श्रीमान र छोरा गुमाएकी एक परिवारलाई मनकारी तथा काङ्ग्रेस नेता महेश चौधरी र संगिता कर्माचार्यकी जोडीले सिरहाको लहान नगरपालीका २२ सिस्वनी गाउँकी रामरती चौधरीको घर बनाउन पचास हजार मुल्य बराबरको जसता पता सहयोग गरेका छन् ।
रामरतीकी श्रीमानको मृत्यु भए लगत्तै बिचल्ली भएका थिए । घरको आर्थिक अवस्था नाजुक र कमजोर रहेकाले श्रीमानलाई उपचार गराउन नसकेपछी मृत्यु भएको स्थानीयले जानकारी दिए।

उनीको श्रीमानको मृत्यु लगत्तै केही महिना नबितिदै १८ बर्षीय छोरा ब्लड क्यान्सरको कारणले मृत्यु भएको थियो। श्रीमान र पुत्रको सोकमा डुबेका चौधरीलाई बस्न स्मस्या भएको थियो। अब ११ बर्षका छोरा छन् र दुई छोरीको बिहे भईकेको छ।
बस्नका लागि घर राम्रो नभएका कारण काङ्ग्रेस नेता महेश चौधरी र महिला संघकी केन्द्रीय सदस्य संगिता कर्माचार्यले घरको अवस्था देखेर दुई वटा रूममा लाग्ने जस्तापता ६ बंडल ५० हजार मुल्य बराबरको सहयोग गरेका छन् ।
पीडित चौधरीकी घर बनाउन काङ्ग्रेस नेता चौधरीको अनुरोधमा सन ईंटा भट्टाका संचालक रामबिलास साहले २ रूममा लाग्ने ईंटा सहयोग गर्ने बताए। गाउलेहरुको भनार्इ अनुसार घर बनाउदा लाग्ने बॉस र मजदूरी सहयोग गरी दिने बताएका छन्।