बिनाेद केसीकाे आउन मन लाग्याे बाेलकाे भजन सार्वजनिक

| 2022 Feb 21 | 07:48 pm 3881

काठमाडौं, फागुन ९ः लामो समयदेखि विभिन्न हाँस्य टेली चलचित्र, टेली चलचित्र, ठूलो पर्दाको चलचित्र लगायत नेपाल प्रहरीको भूमिकामा अभिनय गरी चर्चा बटुलीसकेका कलाकार बिनोद के.सी. म्युजिक भिडियोको निर्देशन तिर होमिएका छन् ।

यसै क्रममा आम नेपालीहरूले मनाउँदै आएकाे विभिन्न चाड पर्वहरू मध्येकाे महान पर्व महाशिवरात्रीलाई लक्षित गर्दै आउन मन लाग्याे मलाइ तिम्राे मन्दिरैमा, गाउन मन लाग्याे मलाइ तिम्रै मन्दिरैमा बाेलकाे गीत सार्वजनिक गरिएकाे छ । उक्त भिडियाेमा देशका चर्चित कलाकाहरूले अभिनय गरेका छन् ।

जसमा लक्ष्मी भुसाल, हाँस्य कलाकारद्वय किरण केसी, शिवहरी पाैडेल, शिवहरी आचार्य, बिनाेद केसीका साथमा मनिष खड्का, दिनेश दुलाल, दिपासा बिसी, सुमन थापा, सम्झना प्रधान, भावना पाेखरेल, ऋषी भुसाल, प्रसंशा खनाल लगायतका कलाकारहरूकाे अभिनय रहेकाे छ ।

रामनाथ कणेलकाे स्वर तथा शब्द रचना रहेकाे उक्त भजन गीतमा गायिका मल्लीका कार्की साथ दिएकी छन् । साे भिडियाे बिनाेद केसीकाे निर्माण निर्देशन रहेकाे छ भने दुर्गा पाैडेलकाे छायांकन र नविन घर्ती मगरकाे सम्पादन रहेकाे छ ।  भिडियाेकाे छायांकन भने पर्यटकीय तथा धार्मिक स्थल मानिने सन्तानेश्वर महादेव मन्दिरकाे प्रांगणमा गरिएकाे छ ।

उक्त म्युजिक भिडियो SGF युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको कुरा निर्देशक बिनाेद केसीले जानकारी दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.