बिद्युतीय धरापमा परी दाजुभाइको मृत्यु

| 2020 Aug 03 | 03:52 pm 1707

दाङ, साउन १९ः बालिनाली खाइदिएपछि जङ्गली जनावरलाई लक्षित गरए थापिएको विद्युतीय धरापमा पर्दा एकैघरका दाजुभाईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं १ हर्नोकका ३५ बर्षीय दिलबहादुर रावतका छोरा १४ बर्षीय बिरबल रावत १० बर्षीय तेजबहादुर रावत रहेक छन् ।

उनीहरुको सोमवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

सोही घटनामा पर मृतकका बुबा दिलबहादुर रावत समेत घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रवक्ता खड्काले जानकारी दिए।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.