बिद्यालय तोडफोड गर्ने दुई युवा पक्राउ

रिपोर्ट नेपाल | 2022 Jun 06 | 07:42 am 1293

जाजरकोट, जेठ २३ः जाजरकोटको एक सामुदायिक विद्यालयमा तोडफोड गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । नलगाड नगरपालिका ५ रघुनाथ सेराखेत स्थित जनकल्याण आधारभुत विद्यालयमा तोडफोड गरेको आरोपमा जनक वली र बिनोद खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयको ढोका तोडफोड गरि कोठा भित्रका महत्वपुर्ण सामाग्री नष्ट गरेको आरोमा नलगाड नगरपालिका ५ का २० बर्षीय जनक वली र २१ बर्षीय बिनोद खत्रीलाई प्रहरीले पक्राउ गरी आवस्यक कारवाही सुरु गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

आरोपित युवाले विद्यालयको ढोका फोडी कम्प्युटर,कुर्सी, टेबुल लगाएतका सामाग्रीहरु तोडफोड गरेको जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट सात सात दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको  प्रहरी निरीक्षक पन्तले जानकारी दिए । जनकल्याण आधारभुत विद्यालयका शिक्षक मदन रावलका अनुसार युवाहरुले आठ देखि १० लाख बरावर क्षति पुर्याएको बताए । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.