जनकपुर, असोज २१ । धनुषास्थित जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकस्थित मार्टमा गए राती अकस्मात् लागेको आगो बिहान मात्रै नियन्त्रणमा आएको हो ।
जनकपुर उपमहानगरपालिका लगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।
मार्टका संचालक रामबाबु रायका अनुसार झण्डै १० करोड भन्दा माथिको सामान जलेर क्षति भएको छ ।