काठमाडौँ, साउन ८ : लामो समयदेखि १० देखि १४ वर्षका कलिलो दिमाग भएका बालकलाई ललाइफकाई गरी यौन दुराचारमा संलग्न दुई फ्रान्सेली नागरिक भाग्न लाग्दा गाैशालाबाट केन्द्रीय अनुसन्धान व्युरो सिआइबिको फन्दामा परेका छन् । स्थानिय बासीको गोप्य सुचनाका आधारमा लामो समय अनुसान्धान गरी नियन्त्रणमा लिन व्युरोले तयारी गरिरहेका बेला ति दुई यौन दुराचारीलाई आफ्नो देश भाग्दै गरेका अवस्थामा सिआईबिको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ वर्षीय मिचेल चुपाउ रहेको व्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक नारायण खड्काले बताएका छन् । खड्काले भने ‘हामीले लामै निगरानीपछि उनीहरुलाई पक्राउ गरेका हौं ।, पक्राउ परेका मध्ये चपाउ सन् २००४ मा फ्रान्समा पनि बाल यौन दुराचारको अभियोगमा पक्राउ परेको खुलेको छ ।’
प्रहरीका अनुसार उनीहरु प्रहरीले निगरानी बढाएको सूचना पाएलगत्तै आफ्नो मुलुकतर्फ भाग्ने प्रयास गरेका थिए । शुक्रबार विमानस्थल जानै लागेका वेला उनीहरुलाई प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले पक्राउ गरेको हो । हालसम्म आठ जना पीडितहरु सम्पर्कमा आएकाे र थप उजुरी आउने क्रम जारी रेहको प्रहरीले जनाएको छ ।
उनीहरुले बालबालिकालाई फुटबल, चकलेट, स्पोर्टस् ड्रेस किनिदिने तथा स्थानीय स्वीमिङ पुलमा पौडी खेल्न लैजाने, खाजा र खाना खुवाउने लगायतका काम गरेर प्रलोभनमा पारेर पालैपालो बालबालिकामाथि यौन दूराचार र अप्रकातिक मैथुन गर्ने गरेको ब्यूरोको एसपी कृष्णहरि शर्मा बताउँछन् ।