बालुवा चोरी तथा अवैध आगूऔषधसहित ६ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 30 | 03:42 pm 1880

काठमाडौं, असार १६ः खोलाबाट बालुवा चोरी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने काभ्रे नमोबुद्ध नगरपालिका ३ घर भएका ४० वर्षीय बुद्ध लामा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कामनपा ३२ जडिबुटी स्थित रहेको मनोहरा खोलाबाट बा २ क ९११ नम्बरको मिनी टिपरमा बालुवा लोड गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी टिपर सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

त्यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका ४ मुग्लिन पुलबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ३ सय ग्राम सहित कास्की रुपा गाउँपालिका ५ बस्ने २५ वर्षीय तेज बहादुर गुरुङ समेत गरी ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त पुल नजिक सडकमा रोकी राखेको ग १५ प ६६४० नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारेपछि तथा निजसँगै रहेका अन्य ३ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका ८ डेरा गरी बस्ने बैतडी पाटन नगरपालिका ३ घर भएका २९ वर्षीय रबिन पाण्डेयलाई अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ५० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको डेरा कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.