बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठकाे आत्महत्याप्रति कांग्रेसले उठायाे गम्भीर प्रश्न

रिपोर्ट नेपाल | 2019 Jul 29 | 07:02 pm 2193

काठमाडौँ, साउन १३ : सपिङ मलबाट हाम्फालेर आत्महत्या गरेकाे भनिएका बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता तथा पूर्व कर्मचारी युक्तप्रसाद श्रेष्ठकाे निधप्रति नेपाली कांग्रेस पर्वतले गम्भीर प्रश्न उठाएकाे छ । साेमबार एक शाेक वक्तव्य जारी गर्दै श्रेष्ठकाे आत्महत्या भन्ने आधार नदेखिएकाे भन्दै कांग्रेसले गम्भीर प्रश्न उठाएकाे हाे  ।

जिल्ला सभापति खिम प्रसाद भुसालद्वार जारी वक्तव्यमा भनिएकाे छ- ‘घटना ८ औं तलाबाट खसेकाे भनिए तापनि घटनास्थलमा एक थाेपा रगत नदेखिनु, अनुहार लगायत शरीरकाे बाहिरी भागमा कुनै चाेटपटक नदेखिनु, सिसी क्यामेराकाे फुटेज उपलब्ध नहुनु आदि कुराले घटना रहस्यमय देखिएकाे हुँदा,’ वक्तव्यमा भनिएकाे छ, ‘मनगढन्ते अनुमानकाे भरमा निष्कर्षमा पुग्नुभन्दा गम्भीर ढंगले अनुसन्धान तथा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित पक्षमा कांग्रेस जिल्ला कार्यसमिति आग्रह गर्दछ ।’

पछिल्लो समय चर्चित काण्डको रुपमा रहेको बालुवाटारको सरकारी जग्गा निजी बनाउने कार्यमा उनको संलग्नता रहेको भन्दै अख्तियार अनुसन्धान आयोगले पूृर्व कर्मचारी समेत रहेका श्रेष्ठलाई छानिबनकाे दायरामा ल्याएकाे थियाे । साेही कारण उनले आत्महत्या गरेकाे प्रारम्भिक अनुमान गरिएकाे थियाे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.