काठमाडौं, बैशाख २३: सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदारलाई दलसँग छलफल गरेका हुन्।
बैठकमा समसमायिक राजनीतिक र सरकारको आगामी कार्यदिशाबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।