बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै

| 2020 Dec 05 | 11:34 am 1790

काठमाडौं मंसिर १९ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्नेछ। तर दुई अध्यक्ष आ–आफ्नै अडानमा रहेका कारण बैठक कसरी अघि बढ्छ भन्ने अन्यौल कायमै देखिएको छ।

यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक प्रभावित भएको थियो ।

मंसिर १७ गतेका लागि बोलाइएको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले बैठक आज बस्ने गरी स्थगित गरेका थिए। बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको राजनीतिक प्रस्तावमाथि छलफल हुने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.