सिंहदरबारमा डा‍. केसीका माग सम्बाेधन गर्न वार्ता सुरू

| 2018 Jul 26 | 03:06 pm 1872

काठमाडौं, साउन १० :  अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न सिंहदरबारमा वार्ता सुरु भएको छ । २७ दिनदेखि अनशनरत केसीको मागप्रति सरकार गम्भीर नभएको आरोप लागिरहेका बेला बालुवाटारमा प्रधानमन्त्री ओलीकै अग्रसरतामा द्विपक्षीय वार्ता सुरु भएको हो ।

यसअघि शिक्षा सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा छलफल गर्ने आफूसँग म्यान्डेट नभएको बताएपछि बुधबार साँझ केसी-सरकार वार्ता अवरूद्ध भएको थियो।

बुधबार राति प्रमओलीले डा. केसीका वार्ताकारलाई बालुवाटारमै बोलाएर छलफल गरेका थिए। केसीले उठाएका २२ वटै मागमा रातभरिमा विस्तृत छलफल गरेर बिहीबार बिहानै त्यसको निचोड आफूसमक्ष पेश गर्न प्रधानमन्त्रीले आफ्ना सहयोगीलार्इ निर्देशन दिएका थिए। सोही अध्ययनको आधारमा आज विस्तर्त छलफल सुरु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.