बालिका बलात्‍कार गर्ने अमृत विक पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 27 | 07:46 am 2240

ताप्लेजुङ, मंसिर ११ : पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका-९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ ।

विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए ।

यस्तै डाँका मुद्दामा जिल्ला अदालतबाट ६ वर्ष कैद तथा दुई हजार तीन सय जरिवाना ठहर भएका मेरिङ्देन गाउँपालिका–२ का ३५ वर्षीय मिङ्मा शेर्पालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । लामो समयदेखि फरार रहेका शेर्पालाई कारागार चलान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.