बालिका बलात्कार आरोपमा लिम्बु पक्राउ

रिपोर्ट नेपाल | 2023 Aug 30 | 12:30 pm 2097

विराटनगर, भदाै १३ । मोरङको केराबारीमा नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ हुनेमा  केराबारी गाउँपालिका–५ का ५० वर्षीय लोकबहादुर लिम्बू रहेका छन्। बालिकालाई उनको घरमा बलात्कार गरेको भन्दै लिम्बूविरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी परेको थियो ।

पीडित पक्षबाट जाहेरी परेपछि प्रहरीले उनलाई  घरबाटै पक्राउ गरेको हो । लिम्बूविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.