बालिका करणी गर्ने एक पक्राउ

रिपोर्ट नेपाल | 2019 May 05 | 02:51 pm 1879

कास्की, वैशाख २२: ललाईफकाई होटलमा लगेर बालिका जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रानीपौवा बस्ने धादिङ निलकण्ठ नगरपालिका–६ घर भएका २१ वर्षीय राम बहादुर रम्तेल रहेका छन् ।

पोखरा महानगरपालिका–११ रानिपौवा बस्ने धादिङ मलेखु घर भएकी १२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महेन्द्रपुलस्थित एक होटलमा लगेर राम बहादुरले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट टोली गई पक्राउ गरेको प्रहरीले बताए ।

उक्त घटनामा संलग्न रहेको आशंकामा पोखरा महानगरपालिका बस्ने २५ वर्षीय लक्ष्मण चौधरीलाई समेत आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.