बालिकालाई करणी गर्न खोज्ने माझी पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 05 | 02:48 pm 1637

ललितपुर, असोज १९  :  १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परी प्रहरीको घेराबाट भाग्न सफल बब्लु कुमार माझीलाई प्रहरीले पक्राउन गर्न सफल भएको छ ।

महानगरीय प्रहरी परीसर ललितपुरका प्रहरी उपरीक्षक शेखर खनालले दिएको जानकारी अनुसार महाकाल नगरपालिका वडा नं २ बस्ने भारतीय नागरिक माझीले बिहिबार बालिकालाई बलात्कार गर्ने प्रयास गरेका थिए ।

बालिकालाई जबरजस्ती करणी गर्न खाजेको भन्दै बिहिबार बिहान ३ बजे स्थानीय बासिको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टुंगुनाको टालीले तत्काल नियन्त्रणमा लिएको थियो ।

प्रहरीले माझिलाई नियन्त्रणमा लिए लगत्तै स्थानीयबासी उत्तेजित भई अभियुक्त माझीलाई हातपात गर्न थालेपछि प्रहरीले भिड साम्य पर्ने क्रममा उनी भाग्न सफल भएका थिए ।

अभियुक्त फरार भएको सूचना प्राप्त हुनासाथ चापागाँउ वृत्ताबाट डिएसपी स्वयम् आफैं खटेर आज शुक्रबार बिहान ४ बजे माझीलाई पक्राउ गरिएको छ ।

फरार माझी महाकाल गाउँपालिका ३ माथिल्लो गाटीखेल स्थित कुखुरा फर्ममा लुकेको अवस्थामा फेला पारिएको उपरीक्षक खनालले रिपोर्ट नेपाललाई बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.