बालिकालाइ जबरजस्ती करणी गरेको अभियोगमा माेक्तान पक्राउ

| 2023 Jun 25 | 03:12 pm 6497

उदयपुर, असार १० । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपलिका-८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान  मोक्तान (तामाङ)लाई  प्रहरीले पक्राउ गरेको छ ।

टेकमानले ती बालिकालाई बुधबार दिउँसो सोही ठाउँ गडेरेस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.