बाला सुन्दरी भगवती नवयात्रा महोत्सवमा प्रीती पासवानको धमाका

रिपोर्ट नेपाल | 2023 Mar 28 | 05:26 pm 1701

महेश सिंह सिरहा, चैत १४ः देश बिदेशमा भाईरल भएकी मधेस प्रदेशकी प्रीती पासवान नेपाल लगायत देश बिदेशमा निकै चर्चा बटुलेकी छन्।

स्कुल पढदै टिकटक बनाउन सुरु गरेकी पासवान नृत्य गर्नमा निखारिएकी हुन्। सानो हुँदा बुवासंग नृत्य गर्न सिकेका प्रीति पासवानले देश बिदेशमा चर्चा बटुलेकी हुन् । गरिबीको पीडा खेपेकी पासवान अहिले चर्चामा आएकी हुन्।

No description available.

सिरहाको भगवानपुर गाउँपालिकामा सुरु भएको श्री बाला सुन्दरी भगवती नवयात्रा महोत्सवमा नृत्य प्रस्तुतिका लागि प्रीति पासवान सहितको टोलिले सांस्कृतिक प्रस्तुत गरेका थिए। सोमबार प्रतिनिधि सभा सदस्य राम शंकर यादवले महोत्सवको उदघाटन गरेका थिए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष उग्र नारायण यादव, सखुवानान्कारकट्टी गाउँपालिका प्रमुख केदार नाथ यादव, अनुसन्धानका प्रहरी नायब उपरीक्षक रिझन यादव पालिकाका सम्पूर्ण वडाका अध्यक्ष लगायतकाे उपस्थिति रहेको मेला समितिको प्रतिनिधि युवा नेता सन्तोष कुमार यादवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.