बालविकासका शिक्षिकाहरुद्वारा पालिकामा तालाबन्दी

रिपोर्ट नेपाल | 2022 Feb 10 | 06:38 pm 2289

  • महेश सिंह

सिरहा, माघ २७ः सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा बालविकासका शिक्षिकाहरुद्वारा तालाबन्दी गरेका छन्। संघीय सरकार र स्थानीय सरकारले तोकिएको बमोजिम तलबको माग गर्दै बालबिकासका शिक्षिका र विद्यालय कर्मचारीहरु आन्दोलित भएका हुन्। उनीहरुले माघ १६ गतेदेखि नै गाउँपालिकाको कार्यालय अगाडी धर्ना दिदै आएका थिए।

No description available.

उक्त गाउँपालिका अन्तर्गत आधारभुत र मावि गरी जम्मा १७ वटा विद्यालय रहेका छन्। ऊनीहरुले स्थानीय तह बाट ७ हजार र संघीय सरकारबाट ८ हजार गरी जम्मा १५ हजार पाउनु पर्ने भन्दै आक्रोश हुँदै गाउँपालिकामा तलाबन्दी गरेका छन्।

पछिल्लो समय असोज ११ गते आन्दोलन गरेका थिए। माग अनुसारको तलब नपाउँदा ऊनीहरुले पटक पटक आन्दोलन गर्दै आएका छन्। स्थानीय सरकारले केही वास्ता नगरेपछि उनीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन्। स्थानीय सरकार र संघीय सरकारले तोकिए बमोजिम तलब र सेवा सुबिधा नपाएसम्म आफू आन्दोलनमा रहने आन्दोलन समितिका अध्यक्ष राम कुमार यादवले बताए।

ऊनीहरुले संघीय सरकारले तोकेको रकम प्रति महिना ८ हजारको दरले पाउँदै आएका थिए। पछिल्लो समय आन्दोलन गर्दा गाउँपालिकाले प्रति ब्यक्ति २ हजार ५ सय रुपैयाँ थप गर्दिएको गाउँपालिकाको अध्यक्ष राम बलब साहले बताए।

गाउँपालिकामा रकम अपुग रहेको भन्दै आफू पछिल्लो आन्दोलनमा गाउँसभाबाट २ हजार ५ सय रुपैया प्रति शिक्षिकालाई थपगरी दिदै आएका छौँ। अब पालिकामा त्यो शिर्षकमा रमक नरहेको कहाँ बाट दिने उनले प्रष्ट पारेका थिए। तलाबन्दी गरोस् या धर्नामा बसोस पालिकामा रकम नरहेको कहाँबाट दिने उनले बताए।

पालिकामा लगाएको तल्चा आन्दोलित पक्ष संग गाउँपालिका अध्यक्षले कुनै सम्झौता नगरी प्रहरी लगाएर तल्चा फुटाएको प्रति असन्तुष्ट रहेका बालविकासका शिक्षिका र विद्यालय कर्मचारी पक्षको आरोप रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.