भक्तपुर, भदाै ७ः बालयौन दुरूपयोग मुद्दाका फरार प्रतिवादी सूर्यविनायक नगरपालिका-७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजुलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरको फैसलाले ३ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका-७ गुण्डुचोकबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कैलाली, ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-७ वेलुवा बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।