बालकुमारीमा आन्दोलनकारीले जलाए मन्त्री ज्वालाकाे गाडी

रिपोर्ट नेपाल | 2023 Dec 29 | 01:36 pm 1973

काठमाडौँ , पुष १३ । इपीएस आन्दोलनरत परीक्षार्थीले ललितपुर ग्वार्कोमा भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ। ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेकाे बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएका हुन् ।

आगजनीबाट गाडीको धेरै भागमा क्षति पुगेको छ। ईपीएस अन्तर्गत कोरिया जान सीप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीले म्यानुफ्याक्चरमा आफूहरूले पनि आवेदन दिन पाउनुपर्ने माग गर्दै परीक्षार्थी आन्दोलनमा छन्।

यसअघि सीप बिल्डिङमा आवेदन दिएका तथा परीक्षा दिएकाहरूले म्यानुफ्याक्चरमा आवेदन दिन नपाउने नयाँ नियम आएसँगै उनीहरू आन्दोलित भएका हुन्। ३२ हजार परीक्षार्थीहरू भविष्यमाथि खेलवाड भएको भन्दै ईपीएस सीप बिल्डिङ पीडितहरू आन्दोलित भएका हुन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.