बार्सिलोना रोमासँग ४-२ गोल अन्तरले पराजित

रिपोर्ट नेपाल | 2018 Aug 01 | 03:21 pm 1909

एजेन्सी । ‘स्पेनिस ला लिगा’ च्याम्पियन बार्सिलोना प्रि–सिजन  अन्तरगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब रोमासँग पारजित भएको छ । अमेरिकाको डालासमा बुधबार बिहान भएको खेलमा बार्सिलोना रोमासँग ४–२ ले पराजित भएको हो ।

बार्सिलोनाले सुरुवाती अग्रता लिए पनि जित हात पार्न सकेन । सातौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर ३५ औं मिनेटमा रोमाका स्टेफेनले जवाफी गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो ।

दोस्रो हाफ सुरु भएको पाच मिनेटमै माल्कोमले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । ७८ औं मिनेटमा रोमाका एलेसान्ड्रोले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ८३ औं मिनेटमा ब्रायनले गोल गर्दै रोमालाई ३–२ को अग्रता दिलाए । ८६ औं मिनेटमा डिएगोले पेनाल्टीमा गोल गर्दै रोमाको गोल अन्तरलाई बढाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.