बार्सिलोनासँग लज्जास्पद हारपछि मड्रिडका प्रशिक्षकको जागिर गयो

रिपोर्ट नेपाल | 2018 Oct 30 | 05:22 pm 1918

एजेन्सीकात्तिक १३  : रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुइलाई क्लबले बर्खास्त गरेको छ। क्लबमा ४ महिना मात्र विताएका लोपेटेगुइलाई रियलको खस्कदो प्रदर्शनका कारण हटाएको हो।

विश्वकप सुरु हुन् १ दिन मात्र बाँकी हुँदा स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट पदमुक्त भएका लोपेटेगुइले त्यसयता रियल सम्हालेका थिए। तर ला लिगामा खराब प्रदर्शनका कारण क्लबले उनलाई हटाएको हो।

रियल हाल १० खेलमा ४ मात्र जित्दै अंक तालिकाको ९ औं स्थानमा छ। आइतबार भएको बार्सिलोना विरुद्धको एल क्लासिकोमा ५-१ को हार बेहोरेपछि लोपेटेगुइलाई पदमुक्त गर्ने कुरा चर्किएको थियो। लिगमा रियकको यो विगत १८ वर्षको सबैभन्दा फितलो सुरुआत हो।

तत्काल रियल म्याड्रिड ‘ब’ का प्रशिक्षक सान्टिएगो सोलारीले उनको स्थान लिने क्लबले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.