बारा-२ मा कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्ने

| 2023 Apr 02 | 03:01 pm 961

काठमाडौं, चैत १९ः नेपाली कांग्रेसले बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जसपा अध्यक्ष यादवको उम्मेदवारीलाई समर्थन गर्दै पार्टीले आफ्नो उम्मेदवार नउठाउने कांग्रेसले निर्णय गरेको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले बारा–२ मा यादवलाई समर्थन गर्दै चितवन–२ र तनहुँ–१ मा पनि गठबन्धनबाट साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । गठबन्धनमा श्रेष्ठ र भट्टराईलाई समर्थन जुटाउने कांग्रेसले निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.