बारा र पर्सामा २५ जनाको मृत्यु र ४०० बढी घाइते

| 2019 Apr 01 | 01:18 am 2143

बारा, चैत्र १७ : आइतबार साँझ आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भएको छ। बारा र पर्सामा २५ जनाको मृत्यु र ४०० बढी घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन्।

हामी तपाईँलाई हामीलाई थाहा भएको क्षति तथा उद्दाररराहतबारेको पछिल्लो जानकारी दिइरहेका छौँ। बाराबाट क्रान्ति शाह र पर्साबाट दिवाकर भण्डारीको अपडेट। (अन्नपूर्णपाेष्ट बाट)

राति १२ः४१ बजे

हुरीले वीरगञ्ज जितपुर राजमार्गका दर्जनौँ स्थानमा बिजुलीका पोलमा क्षति पुर्‍याएका कारओ वीरगञ्ज र बाराका विभिन्न गाउँमा बेलुकी साढे ७ पछि बिजुली छैन।

राति १२ः३८ बजे

नारायणी अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा ठाउँ नभएर आउने सबै घाइतेहरूलाई नेसनल मेडिकल कलेजमा पठाइएको पर्साका एसपी रेवती ढकालले जानकारी दिएका छन्।

बाराको पुरैनिया, भर्वालिया र फेतामा राहत सामग्री तथा औषधि लिएर वीरगञ्जबाट विभिन्न संस्थाका प्रतिनिधि गएको जानकारी आएको छ।

राति १२ः३० बजे

हावाहुरिपछि घाइतेहरूको संख्या बढ्दा वीरगञ्जका अस्पतालहरूमा रगत अभाव भएको जानकारी आएको छ। प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाका अनुसार अस्पतालहरूमा रगत अभाग भएको जानकारी आएको छ।

अस्पतालहरूमा रक्तदानका लागि मानिसहरू पुगेका हाम्रा सम्वाददाता दिवाकर भण्डारीले बताएका छन्।

सम्वाददाता क्रान्ति शाहका अनुसार वीरगञ्जकव नेशनल मेडिकल हलेजमा राति १२ बजेसम्ममा २२० जना घाइते भर्ना भएका छन्। नारायणी अस्पतालमा ५० भन्दा बढी भर्ना भएका छन्। यस्तै वीरगञ्ज हेल्थकेयर अस्पतालमा ३० भन्दा बढी घाइतेको उपचार भइरहेको छ।

राति १२ बजे

आइतबार साँझ आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भएको छ। बारा र पर्सामा २५ जनाको मृत्यु र ४०० बढी घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले माइक्रोब्लगिङ ट्विटरमा लेखेका छन्।

हाम्रा बारास्थित सम्वाददाता क्रान्ति शाह र पर्सास्थित सम्वाददाता दिवाकर भण्डारीले दुई जिल्लामा गरी हावाहुरीले २३ को ज्यान लिएको पछिल्लो जानकारी पठाएका छन्। दर्जनौँ घाइतेको वीरगन्जका विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

बारामा मात्र २० जनाको मृत्यु भएको छ।

पर्साका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार पर्सामा तीनजनाको मृत्यु भएको छ।

बाराको फेटा र पर्वानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ। फेटा गाउँपालिका १ र भर्वानीपुर गाउँपालिका ४ मा ठूलो क्षति भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए।

केही मृतकका शव वीरगन्जका नारायणी, अस्पताल, मेडिकल कलेज र हेल्थ केयरमा राखिएको छ भने अन्य शवको अस्पताल लाने तयारी भइरहेको बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए।

हावाहुरीले सडक छेउका रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ। घाइतेको उद्धारका लागि सडक पन्छाउने काम भइरहेको उनले बताए।

घटनास्थलबाट सयौंको संख्यामा घाइतेलाई उपचारका लागि वीरगन्जका विभिन्न अस्पतालमा पठाइएको बाराका एसपी भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

प्रहरी निरीक्षक दत्तका अनुसार वीरगन्ज मेडिकल कलेजमा मात्र सय बढी घाइतेको उपचार भइरहेको छ। मेडिकल कलेजमा ल्याइएका सबै घाइते बाराको पर्वानीपुर गाउँपालिका(४ चैनपुरका हुन्।

साँझ हावाहुरीले सडकमा रोकिराखेका करिब २५ वटा बस र ट्रक पल्टाएपछि चैनपुरमा धेरै घाइते भएका हुन्। चैनपुरमा दर्जनौको संख्यामा घर भत्किएका छन्।।

उद्धार कार्य जारी रहेको र रातको समयमा विभिन्न जटिलता आइपरेकाले मृतकको संख्या अझै बढ्ने अनुमान प्रहरीको छ।

प्रधानमन्त्रीद्वारा दुख व्यक्त

प्रधानमन्त्रीले बारा र पर्सामा गरी २५ को मृत्यु भएको र ४०० भन्दा बढी घाइते भएको जनाएका छन्। प्रधानमन्त्रीले ती जिल्लामा उद्दारका लागि सुरक्षाकर्मीहरू परिचालित भइसकेको जनाएका छन्। ुउद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएकोु उनले ट्वीटमा जनाएका छन्। हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाइते भएको जानकारीमा आएको छ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।ु प्रधानमन्त्रीले दोस्रो ट्विटमा लेखेका छन्।

प्रधानमन्त्रीको तेस्रो ट्‍विटः नाइट भिजन हेलिकप्टरबाट तत्काल उद्दार

प्रधानमन्त्रीले तेस्रो ट्विट गरी भोलि बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको जनाएका छन्। ुमौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा नाइट भिजन हेलिकप्टर पनि तयारी अवस्थामा राखिएकोु प्रधानमन्त्रीले जनाएका छन्।

ुभोलि बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा ूनाईट भिजनू हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। सुरक्षाकर्मीसंगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछुु, प्रधानमन्त्रीले भनेका छन्।

अस्पतालका फोटोहरू

घाइतेहरूलाई अस्पताल लगिएको जानकारी पनि आएको छ। उपचार हुँदै गरेका फोटोहरू हाम्रा सम्वाददाताहरूले पठाएका छन्। हामीलाई प्राप्त फोटोहरूमा घाइतेहरूलाई अस्पतालको भुइँमा राखेर प्राथमिक उपचार गरिँदै गरेको देखिन्छ।

वीरगञ्जका अस्पताल घाइतेहरूले भरिएको उल्लेख गर्दै साजन पाल्पालीले रगत अभाव हुने भएकोले सम्पर्क गर्न अनुरोध गरेका छन्।

सरोजराज अधिकारीले सोधेका छन् । बढीमा ४–५ घण्टामा स्थलमार्गबाटै पनि पुग्न सकिने बारा। पर्सामा थप चिकित्सक, औषधी पठाएर जोखिम न्यूनिकरण गर्न सकिन्न र सरकार ?

नेकपा नेता योगेश भट्टराईले ट्‍विटरमा लेखेका छन् (आज साँझ आएको भीषण हावा हुरीका कारण बारा र पर्सा जिल्लामा दर्जनौ मानिसहरुको ज्यान गएको छ । सयौको सँख्यामा घाइते भएको खबर छ । अत्यन्तै पीडादायी र भयाबह अवस्था सिर्जना भएको छ । सुरक्षाकर्मीहरुसँग मिलेर उद्धार तथा राहातको कार्यमा जुट्न म नेकपाका कमरेडहरुमा अनुरोध गर्दछु ।

राप्रपाका नेता राजाराम बर्तौलाले ुरातिको समय,विधुत अवरुद्ध भएका कारण उद्दारमा कठिनाइ भोग्नु परिरहेकोु जनाएका छन्। ुएकजुट भइ धैर्यता राखी उद्धारमा जुट्नु पहिलो कर्तव्य होु, उनले लेखेका छन्।

बारा र पर्साबाहेक अन्तबाट भने जनधनको क्षति आएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.