बारा र पर्साका हावाहुरी पीडितलाई २ दिनको तलब दिने कांग्रेसहरुको घोषणा

रिपोर्ट नेपाल | 2019 Apr 01 | 06:06 pm 2775

काठमाडौं, चैत १८ : बारा र पर्सा जिल्लामा हावाहुरीले भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संघीय सांसदहरूले दुई दिनको तलब दिने घोषणा गरेका छन। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ति जारी गर्दै दुई दिनको तलब दिने घोषणा गरेका छन।

आइतबार रातिको हावाहुरीबाट ३५ जनकाे मृत्यु भइसकेकाे छ भने ५ सय भन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलया बाराले  २६  जनाकाे शनाखत भएकाे पनि  जानकारी दिएकाे छ । प्रहरीले सार्वजनिक गरेकाे सूची अनुसार ज्यान गुमाउनेमा ११ जना पुरुष र १० महिला तथा ५ जना बालबालिकासमेत रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.