बारामा एसपी काफ्लेको उपस्थिती पछि तस्करको निद हराम

| 2023 Sep 21 | 02:10 pm 2493

बारा, असोज ४ । जिल्ला प्रहरी कार्यालय वाराका लागि कमाण्ड गर्न गएका प्रहरी उपरीक्षक सुरेश काफ्लेले तस्करसँग मिलेमतो गर्ने प्रहरी कर्मचारी र तस्करको दोहोलो काढेका छन् । यस अघि घुमुवाको इसारामा भन्सार छलेर करोडाैको सामान भित्र्याउदै आएकोमा काफ्लेले कमाण्ड संहाले देखि तस्करको निद हराम भएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार जिल्ला प्रहरी कार्यालय वारा र इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीको टोलीले चारवटा ट्रक सहित ७७ लाख २७ हजार ३ सय २८ रुपैया मुल्य बराबरको सामान बरामद  गरेको छ । विरगंजबाट काठमाडाैतर्फ जाँदै गरेको ना ६ ख ००८० नम्बरको ट्रकमा  भन्सार छलि गरी ल्याएको सामान बरामद गरिएको हो जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्याैपानेका अनुसार सामान सहित बरामद गरिएको अन्य ट्रकहरुमा ना ३ ख ७३११, ना ३ ख ४५६० र बा२१ च ८९९७  नम्बरका ट्रक रहेका छन् ।

अन्य ट्रक विरगंजबाट काठमाडाैका लागि हिडेपनि बा २१ च ८९९७ हेटाैडाबाट महोत्तरी अनलाइन बिल नभएको गाई लिएर जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.