बाराका एसपी काफ्ले नक्कली नोटको संजाल तोड्दै; ६१ थान नक्कलीनोट सहित ५ जना पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 10 | 08:46 am 1113

बारा, माघ २७। बाराको जितपुरबाट प्रहरीले मंगलबार ६१ थान नक्कली नोट सहित पाँचजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाऊपालिका वडा न. ३ बस्ने रामचन्द्र महतो कोईरी,

बारा परवानिपुर ५ का सुमित साह,संतोष पटेल,वीरगन्ज १० का विशाल कुमार श्रिवास्तव र सोही ठाऊ बस्ने निरज श्रिवास्तव रहेका छन।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले जितपुर बजारमा नक्कली नोट कारोबार गरिरहेको अवस्थामा एक जना र उक्त कार्यमा संलग्नता रहेको ४ जना व्यक्तिहरूलाई एक हजारको नोट ६१ थान र भारतिय सिम कार्ड सहित ७ थान मोबाइल नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुरेश काफ्ले बताए।

पक्राउ परेका नक्कली नोट ६१ थान सहित ५ जनालाई कारबाही प्रक्रिया अगाडी बढएको बारा प्रहरी प्रमुख काफ्ले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.