बाग्लुङ, साउन ५: जिल्लाकाे काठेखोला गाउँपालिका–१, मनाङडाँडामा बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु भएको छ ।
शनिबार राति ८ बजेतिर ग १ ज ७१८१ नम्बरको जिपका चालक ससिलाल थापाले जीप पार्किङ गर्ने क्रममा ब्याक गर्दा आफ्नै ७ वर्षीय छोरा सलिन थापालाई किचेको थियो । बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
जिप राति घर नजिकै पार्किङ गरेर राख्ने क्रममा अचानक बालकलाई किच्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।