रुकुम पूर्व , जेठ ९: जिल्लाकाे भूमे गाउँपालिका वडा नम्बर–७ गुनामका २० वर्षीय विरज विक बाबुको हत्या गरेर भूमे–६ महतमा रहेको प्रहरी चौकीमा आएका छन् ।
बिहीबार बिहान ६ बजे ४१ वर्षीय बाबु रमन विकको हत्या गरी उनी महतस्थित प्रहरी चौकी पुगेका थिए । बिहान ५ बजे खुकुरी प्रहार गरी बाबुको हत्या गरेका उनी आफैँ प्रहरी चौकीमा आएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए ।
उनले दिएकाे जानकारी अनुसार ‘मैले बाबुको घाँटी रेटेर हत्या गरेँ, थोरै छालाले मात्रै घाँटी छुट्टिन सकेको छैन, भनेर प्रहरीमा बताएका थिए । घटनाको विस्तृत अनुसन्धान भइरहेकाे प्रहरी निरीक्षक सुनारले जनाए । उक्त घटना घरायसी विवादको कारण भएको र थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।