‘बाबा शिवानन्द स्वामी’ ४० लाख ठगी आरोपमा पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 13 | 03:08 pm 1631

काठमाडौं, पुस २८ : बाबा शिवानन्द स्वामी नामले परिचित दीपक भण्डारी ठगी आरोपमा पक्राउ परेका छन् । आफ्नो पहुँचका आधारमा चेक रिपब्लिक पठाई दिने भन्दै पाँच युवाहरुलाई ठगी गरेको उजुरीपछि प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले उजुरीको आधारमा सोमबार बिहान भण्डारीलाई पक्राउ गरेको जनाएको छ । महाशाखाले ३० वर्षका भण्डारीले आफू तन्त्रविद्यामा सिद्ध भएको भन्दै सर्वसाधारणलाई भ्रमित बनाउँदै आएका थिए ।

उनीविरुद्ध पाँच जनाले उजुरी दिएको जनाइएको छ । भण्डारीले ती युवालाई चेक रिपब्लिक पठाउन भन्दै ४० लाख रुपैयाँ भन्दा बढी रकम लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.