काठमाडौं,साउन १७ : महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्ले यतिखेर त्यस भेगमा शान्ति सुरक्षा, अमन चयन र विकृती विसंगती अन्त्य चाहानेका नजरमा वाही वाही बनेका छन् भने अपराध कर्म गर्नेका नजरमा आँखाको कसिंगर बनेका छन् ।
केहि हप्ता अगाडी विशाल चेतनामुलक प्रभातफेरी गरेर साउन १ देखि जनताको घर घरमा पुगेको बानेश्वर प्रहरीले छोटो अवधिमा त्यस भेगका जनताको मन जित्न सफल भएको छ । रिपोर्ट नेपाललाई पछिल्लो प्राप्त समाचार अनुसार बुधबार मध्य रातमा जुवा खेलेको सूचना प्राप्त गरी छापा हान्दा १७ जना जुवाडे सहित ४ लाख १५ हजार ५ सय ५० रुपैयाँ बरामद गरेको थियो ।
बानेश्वर प्रहरीले दिएको जानकारी अनुसार काठमाडौं जाडिबुटीमा रहेको होटल केजी इन एण्ड थकाली भान्छा घरमा कौडा खेलेको सूचनाका आधारमा चेक जाँच गर्दा होटलको २०६ नम्बर कोठामा कौडा हान्दै गरेका जुवाडेहरु भेटीएका थिए । होटलका संचालक भुवन खड्काले होटलमा ठूलो रकम लेनदेन सहितकाे जुवा खेलाउने गरेको केहि दिन देखि सूचना प्राप्त गरेको प्रहरीले प्रमाण पुर्याउनका लागि केहि दिन अघि देखि निगरानी र अनुसन्धान गरिरहेको थियाे ।
जुवाको खाल रहेको कोठा नं.२०६ बाट प्रहरीले रकम सहित तन्ना, सेतो पिठो राखिएको प्लेट, कौडा १६ थान बरामद गरेको थियो । जुवाको खालबाट प्रहरीको नियन्त्रणमा रहेकाहरुमा दोलखा जिल्ला गैरीश्वर गाउँपालिका ५ घर हुने २७ बर्षीय रंजन खड्का, रामेछाप जिल्ला दोरम्बा गाउँपालिका २ घर हुने ५८ बर्षीय मोहन कडेल, रामेछाप मन्थलिका २२ बर्षीय प्रकाश थापा, हेटाैडाका २५ बर्षीय श्यामकाजी महर्जन, काठमाडौं कागेश्वरीका ४५ बर्षीय कुमार बोहोरा, महोत्तरी गौशालाका ३१ बर्षीय विरेन्द्र सिंह रहेका छन् ।
यसै गरी पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठका ४४ बर्षीय सरोज घले, नुवाकोट शिवपुरीका ३५ बर्षीय कुमार खड्का, काभ्रे बनेपाका ३५ बर्षीय राम लामा, काठमाडौं चावहिलका ४० बर्षीय जीवन पाठक, रामेछापका २५ बर्षीय रमेश कार्की, ललितपुरका ५१ बर्षीय मुकुन्द चौलागाई रहेको प्रहरीले जनाएको छ । त्यस्तै रामेछाप हिलेदेवीका ५२ बर्षीय नारद खड्का, नुवाकोट लुखेगाउँका २६ बर्षीय नवराज सिंह, काभ्रे चौरीदेउरालीका ३३ बर्षीय केदार बुढाथोकी, गोरखा खोप्लाङकी ३० बर्षीय गंगा थापा, रामेछाप नामडीका होटल संचालक २० बर्षीय भुवन खड्का, समेत पक्राउ परेका छन् ।
पक्राउ परेका १७ जनालाई काठमाडौं अदालतबाट जुवा मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्मरण रहोस् बानेश्वर प्रहरीले जनताको घर घरमा पुगेर पिडा सुन्ने कार्यक्रम टोल टोलमा प्रहरी भन्ने नारा लिएएपछि विकृती र विसंगतीका थुप्रै सूचना आउन थालेको बताइएको छ ।
कार्यक्रम लागु भएपछि बानेश्वर प्रहरीले विषादी प्रयोग गरी बनाउने घरेलु मदिराको ठूलो डिष्टीलरीमा छापा हान्नुको साथै शंखमुलको एक मेडिकलले मदिरा पससलबाट बिक्री गर्ने गरेको अवैध औषधी सहित संचालकलाई पक्राउ गरेको थियो ।
बानेश्वर प्रहरीले आक्रामक रुपमा गरेको विकृती विसंगती विरुद्धको अप्रेसनबाट स्थानीय बुद्धिजिवी र सामाजिक अभियन्ताहरुले प्रहरीको प्रशंसा गरेका छन् ।