काठमाडौं, मंसिर २८ समुदाय–प्रहरी साझेदारी कार्यक्रम अनुसार महानगरिय प्रहरी वृत्त नयाँबानेश्वरले कागेश्वरी नगरपालिका वडा नम्बर ८ को सुकुम्बासी वस्तीमा अवैध मदिरा बनाउने घरहरुमा छापा हानेको छ ।
नयाँबानेश्वर वृत्तका प्रमुख डिएसपी गोविन्द काफ्लेको नेतृत्वमा वडा समन्वय समितिको उपवस्थितिमा चालीसवटा घरमा खानतलासी गर्दा तयारी घरेलु मदिरा चार हजार पाँच सय लिटर, कच्चा पदार्थ तीन हजार पाँच सय केजी र मदिरा बनाउने भाँडावर्तन पचास थान बरामद गरिएको छ ।

सर्वसाधारणको स्वास्थ्यमा गम्भिर असर गर्ने घरेलु मदिरा बनाउने गरेको स्थानीयको गुनासोपछि छापा हानिएको डिएसपी गोविन्द काफ्लेले रिपोर्ट नेपाललाई बताए ।
छापा हानिएका मदिरा उत्पादकहरुलाई स्थानीय भद्रभलादमीको रोहवरमा अव आइन्दा यस्तो अवैध र अस्वस्थ्यकर मदिरा उत्पादन नगर्ने सर्तमा सम्झाई बुझाई छाडिएको पनि डिएसपी काफ्लेले बताए । बिहिबार पनि वृत्तले सिनामंगल बस्तिमा छापा हानी हजारौं लिटर घरेलु मदिरा नष्ट गरेको थियो ।