बादल र पौडेललार्इ प्रदेश कमिटीका सदस्य चयनको जिम्मा

| 2018 Oct 25 | 03:11 pm 2099

काठमाडौं, कात्तिक ८ :  नेपाल कम्युनिष्ट पार्टीको आज बिहिबार बसेको बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ। जसमा सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल छन्।

यस कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गरी आगामी सचिवालय बैठकमा पेश गर्ने जिम्मेवारी पाएको छ। त्यस्तै बैठकले नेकपाका केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने जिम्मा पनि यही कार्यदललाई नै दिएको बताइएको छ।

नेकपाले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ। यसअघिको सचिवालय बैठकमा काठमाडौं ७ का सांसद रामवीर मानन्धरको राजिनामा प्रस्ताव र नारायणकाजीको प्रवक्ता पदको राजीनामा प्रस्ताव अस्वीकृत गरेको थियो।

सचिवालय सदस्यद्‍वय नारायणकाजी श्रेष्ठ र रक्षामन्त्रीसमेत रहेका इश्‍वर पोखरेल चीनमा भएकोले बैठकमा उपस्थित हुन सकेनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.