बाढी पहिरो खोज, उद्धार तथा राहत वितरण कार्यमा नेपाली सेना

| 2021 Jun 18 | 08:39 pm 2841

काठमाडाैं, असार ४ः विगत केही दिन देखि परेको अविरल वर्षाको कारण आएको बाढी पहिरोको कारण प्रभावित स्थानीयवासिन्दाहरुलाई नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरी तपशिलमा उल्लेखित स्थानहरुमा खोज तथा उद्वारका कार्यहरु संचालन गरिएको छ ।

कास्की जिल्ला मादी गाउँपालिका वडा नं. ७ छाचोकबाट मादी, काहुखोला, ताङ्गतिङ्ग हुँदै सिक्लेस जाने बाटो पूर्ण रुपमा क्षति हुन गई उक्त स्थानका सर्वसाधारण जनताहरुलाई आवत जावतमा कठिनाई भएको हुँदा नेपाली सेना, नेपाल प्रहरी र स्थानियहरुको सहयोगमा पुरानो गोरेटो बाटो मर्मत तथा सरसफाई गरी स्थानीय जनताहरुलाई आवत जावतमा सहज बनाउन सहयोग गरेको छ ।

मनाङ्ग जिल्लाको ताछे, रुगु, भिर र ताल ईलाकाबाट बाढी तथा पहिरोबाट जोखिममा परेका ८१ जना स्थानिय बासिन्दाहरुलाई MI-17 हेलिकप्टरबाट उद्धार गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीबाट नेपाली सेनाको हेलिकप्टरद्वारा हेलम्बु गाउँपालिका स्थित क्युल र चनौटे ईलाकामा रहेका बाढी प्रभावित व्यक्तिहरुको खोज, उद्धार तथा राहत ढुवानी कार्यमा सहयोग गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला मेलम्चीबाट नेपाली सेना तथा निजी हवाई साधनद्वारा १७ जना विदेशी सहित ८४ जनालाई सकुशल उद्धार गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.