बाढीले बगायो ४ घरसहित सयौं रोपनी खेत

रिपोर्ट नेपाल | 2018 Aug 15 | 12:42 pm 2283

जाजरकोट, साउन ३०: जाजरकोटको नलगाड नगरपालिका २, ३ र ४ स्थित झुप्रा खोलामा आएको बाढीले ४ घर सहित सयौं रापेनी खेत बगाएको छ।

बाढीले स्थानीयका ४ घर, ५ वटा घुम्ती पसल, ४ वटा मिल, ६० वटा घट्ट, २ वटा ट्रस व्रिज र सायौं रोपनी खेत बगाएको हो। मंगलबार रातिदेखि आएको बाढीले नलगाड–३, घुवाराका जनकबहादुर चन्द, धनबहादुर रावल, वडा नं ५ का खीमलाल जैसी र वडा नं २ का कौशी विष्टको घर बगाएको छ। बाढीले रावलको केही चौपाया समेत बगाएको छ।

त्यस्तै बाढीले घुवारास्थित नलगाड ३ र ४ जोड्ने तथा कालीमाटीस्थित वडा नं २ र ५ जोड्ने ट्रस व्रिज पनि बगाएको नगरप्रमुख टेकबहादुर रावलले बताए। झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विक सहित ४ वटा मिल बगाएको छ। सो खोलामा आएको बाढीले नलगाड ३ को साङट् खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेत लगाएत सयौं रोपनी खेत बगाएको छ । बाढीले नलगाडमा करोडौंको क्षेती पुऱ्याएको नगरप्रमुख रावलले बताए।

खोलाले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्ली लगाएत स्थान तर्फको आवतजावत पुर्णरुपमा बन्द भएको छ । बाढीले छेप्का र कालीमाटीबजार जोखिममा परेको स्थानीय हासीलाल पन्तले बताए। बाढीका कारण सो क्षेत्रका १ सय बढी घरपरिवार विस्थापित भएको स्थानीयको भनाई छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.