अछाम, भदौ ३ः लगातार परेको अविरल वर्षाका कारण अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले गाउँ नै बगाएको छ ।
गएराति मध्यरातमा कैलाश खोलामा आएको बाढीले रामारोशन सैनी बजारका २२ पसल बगाएको प्रहरीले जानकारी दिएको छ ।
बाढीले १९ जना सम्पर्कविहीन भएको र चार जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले बताए।
बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ । अहिले उद्धार भइरहेको जनाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।