बाढीपहिरो पीडितलाई गुल्मी कांग्रेसद्वारा राहत वितरण

रिपोर्ट नेपाल | 2020 Jul 09 | 03:12 pm 3017

गुल्मी, असार २५ः अगातारको वर्षाका कारण गत बिहीबार गुल्मीको ईष्मा गाउँपालिकाको विभिन्न ठाउँमा बाढी पहिरोका कारण धनजनको ठूलो क्षेती भएको थियो । उक्त्त बाढीपहिरोबाट क्षेतीग्रस्त गाउँपालिकाको हस्तिचौरका पीडितलाई नेपाली कांग्रेस गुल्मीले हिजो बुधबार राहत वितरण गरेको छ ।

Image may contain: 7 people, people standing and outdoor

कांग्रेसले पीडितलाई त्रिपाल ६१ थान, चामल १२ बोरा, चिउरा ५ बोरा, दाल २ बोरा, चाउचाउ ५५ प्याक, तेल १० लिटर, नुन १० किलो र पानी ४० प्याक लगायतका विभिन्न खाद्य सामग्री सहितको राहत वडा अध्यक्ष चुराबहादुर खत्रीलाई प्रदान गरिएको हो ।

पहिरोमा परी ज्यान गुमाएका परिवारका सदस्यलाई र बाढी पहिरो पीडितलाई राहत वितरण गर्दै नेपाली कांग्रेस गुल्मीले प्रभावितहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

Image may contain: 11 people, including Trailokya Sen, people standing and outdoor

बाढी पहिरोका कारणले धेरै किसानहरुको खेतीपाती, पशुचौपाया लगायत ठूलो भौतिक क्षेति भएको छ ।

उक्त प्रभावित स्थानका घरहरु उच्च जोखिममा रहेको र स्थिति गम्भिर भएकाले छिट्टै यहाँका नागरिकहरुलाई सुरक्षित स्थानमा लैजानुपर्ने अवस्था रहेको नेपाली कांग्रेस गुल्मीका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले बताए ।

प्रभावित नागरिकहरुलाई विशेष प्याकेज बनाई तत्काल क्षेतिपूर्तिको ब्यवस्था गर्न सरकारसँग नेपाली कांग्रेस गुल्मीका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले अपिल गरे ।

बाढी पहिरोमा परेर दर्जनौ घरहरु विस्थापित भएका छन् । १ सय ३९ घर अत्यन्तै जोखिममा छन् ।

Image may contain: 8 people, people sitting, child and outdoor

राहत प्रदान कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति त्रैलोक्य प्रताप सेन, उपसभापति विष्णुप्रसाद बलाल, कोषाध्यक्ष हरिबहादुर केसी, कांग्रेस नेता महेन्द्र भण्डारी, क्षेत्रीय सभापति भगत सिंह खड्का लगायतका कांग्रेस नेताहरुको सहभागिता रहेको थियो । राहत प्रदान गर्नको लागि कांग्रसलाई कर्मचारी बचत तथा ऋण सहकारी संस्था, नेपाल निजमति कर्मचारी युनियन (संघ) लगायतका विभिन्न सामाजिक संघ संस्था र विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए ।

Image may contain: 6 people, people sitting, tree, outdoor and nature

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.