बाटो सम्याउने क्रममा लोडर पल्टिँदा एक जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2021 May 13 | 08:18 am 1405

मकवानपुर, बैशाख ३०: बाटो सम्याउने क्रममा मकवानपुरको भीमफेदी गाउँपालिकामा लोडर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा लोडरका चालक २५ वर्षीय राजेन्द्र घलान रहेका छन् ।

हेटौंडा सिमेन्टको खानीबाट राजमार्गतर्फ जाने बाटो सम्याउँदै गरेको लोडर भीमफेदी गाउँपालिका-३, कैलाशडाँडा ऐनाभिरमा गएराति पल्टिएर उनको मृत्यु भएको हो।

अनटेस्ट लोडर पल्टिएर चालकको मृत्यु भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

​बाटो सम्याउँदै गरेको लोडर अनियन्त्रित भई करिब सय मिटर तल खसेको उनले जानकारी दिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.