भद्रपुर, चैत १७ : भद्रपुर नगरपालिका–३ मा बाटो खन्न प्रयोग गरिएको जेसीबीले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जेसीबीकै सहचालक मेचीनगर नगरपालिका–१४ का २० वर्षीय विक्रम राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उनको शनिबार राति ७ बजे वा १ क ५३७६ नं को जेसीबीले बाटोमा रहेको तेलको ड्रम उठाउने क्रममा मेसिनको अगाडिको भागले टाउकोमा थिच्दा घटनास्थलमै मृत्यु भएको जनाएको छ ।
जेसीबी बुद्धशान्ति गाउँपालिका–२ का कुमार भट्टराईको हो भने जेसीबी चालक फरार रहेकाले उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । राजवंशीको शव परीणका लागि आज मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको छ ।